संखुवासभा । जिल्ला अस्पताल संखुवासभाका स्वास्थ्यकर्मीलाई दुब्र्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । खाँदवारी नगरपालिका–१ का २८ को बिक्रम विश्वकर्मा, २८ वर्षीय आशिष विश्वकर्मा र खाँदबारी –९ का २२ बर्षीय अनिल विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

गएराति मादक पदार्थ सेवन गरेर स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार भएको प्रहरी निरिक्षक लामिछानेले बताए । उनीहरुलाई बुधबार बिहान साढे ७ बजे पक्राउ गरेको थियो । उनीहरुले गएराति डिउटीमा खटिएका अस्पतालका स्वास्थ्यकर्मीलाई गालीगलौज तथा दुव्र्यवहार गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । उनीहरुले अस्पतालको समन्वय अधिकृत रुपमा खटिएका प्रहरीमाथि पनि गाली गलौज र हातपात गरेको प्रहरी निरिक्षक लामिछानेले बताए । पक्राउ परेका तीनै जनालाई अभद्र व्यवहारको कसूरसम्बन्धी अभियोगमा कारबाही प्रक्रिया अघि बढ्न जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई म्याद थप गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका माथि मूलुकी फौजदारी संहिता २०७४ बमोजिम कार्रवाही अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।