काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच कोशी प्रदेश सरकारको विषयमा भेटवार्ता भएको छ प्रधानमन्त्रीज्यूले अब के गर्ने भनेर सोध्नुभएको लिङदनले बताए । उहाँले सहयोग गर्न आग्रह गर्नु भएको समेत उनले वताए । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दुई नेताबीच भएको भेटमा प्रधानमन्त्री दाहालले सो प्रस्ताव राखेका हुन् ।
कोशी प्रदेशको सरकारको विषयमा प्रधानमन्त्रीज्यूले सहयोग गर्न आग्रह गर्नु भएको लिङदेनले बताए । प्रधानमन्त्रीले सरकार गठनमा सहयोग गर्न अनौपचारिक प्रस्ताव राखेपछि यसबारे ठोस सहमति भने बनिनसकेको लिङ्देनले स्पष्ट पारे । ‘अहिले गठबन्धन पक्षकै सरकार बन्नलाई अकंगणित पर्याप्त छ । ४७ सांसद पुगिहाल्छ,’ उनले भने, ‘तर गठबन्धनभित्र नै कसलाई अगाडि बढाउने भन्नेमा एक मत देखिएको छैन । उहाँहरू यस विषयमा प्रष्ट भएपछि मात्र हामी हाम्रो धारणा बनाउँछौँ ।’
कसलाई अगाडि सार्ने विषयमा गठबन्धनबाट निर्णय भएपछि मुख्यमन्त्री बन्न इच्छा गर्ने व्यक्तिले कस्तो प्रस्ताव ल्याउँछ, त्यसैको आधारमा आफ्नो पार्टी अघि बढ्ने उनले जिकिर गरे । आफ्नो पार्टी अहिले नै हतार गर्ने पक्षमा नरहेको उनको भनाई छ ।