काठमाडौँ । हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरिएको छ ।
उद्धार गरिएकाहरुलाई सुरक्षित स्थानतर्फ लगिएको छ । इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर्फ लगेको नेपाली दुतावासले जनाएको छ।
उद्धार गरेर लगिएका बर्दियाका लुइस रिजालका अनुसार उनीहरुलाई तेल अभिभतर्फ लगिएको छ । उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएका हुन् ।
उनीहरुकै समूहका १० को आक्रमणमा मृत्यु भएको थियो । यो टोलीमा ४९ जना थिए ।
उद्धार गरिएका विद्यार्थीले दिएको जानकारी अनुसार १५ जनालाई बेतकाम क्षेत्रमा ल्याएर राखिएको छ । आहिले आफूहरु सुरक्षित रहेको विद्यार्थीहरुले बताएका छन् ।
जोखिम क्षेत्रबाट उद्धार गरिएका विद्यार्थी निम्नअनुसार छन्ः
१) विभुषा अधिकारी, चितवन
२) रचना चौधरी, कैलाली
३) आशा मिश्र, कैलाली
४) सुष्मा रेग्मी, कैलाली
५) नविन घिमिरे, दाङ
६) श्रेया तिवारी, चितवन
७) बादल सुवेदी, दाङ
८) लुईस रिजाल, बर्दिया
९) मनिष खनाल, गुल्मी
१०) नारायण भुसाल, पर्वत
११) गणेश साउद, कैलाली
१२) बिपिन जोशी, कैलाली
१३) गणेश जोशी,कञ्चनपुर
१४) ओमप्रकाश उपाध्याय, कैलाली
१५) प्रविन बीसी, सुर्खेत

