विराटनगर । विराटनगरको बरगाछी चोकमा रहेको कृष्ण प्रसाद कोइरालाको शालिकलाई ट्रकको ठक्करले भत्किएको छ । त्यसक्रममा ना ३ ख ४५७९ नम्बरको मालबहाक ट्रक पल्टिएको छ । इटहरीबाट आएको ट्रकका चालक गम्भीर घाइते भएर लाइफ गार्ड अस्पतालमा उपचाररत छन् । उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ । आज राती पौने ९ बजेतिर उक्त दुर्घटना भएको हो । घाइते चालकको पहिचान खुलेको छैन ।


