विराटनगर । भारतको सिक्कममा इन्द्रजात्रा पर्व भव्य कार्यक्रम आयोजना गरी मनाएको छ । सिक्कमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) को प्रमुख अतिथिमा भव्य कार्यक्रम आयोजना गरी इन्द्रजात्रा मनाएको हो ।

इन्द्रजात्रा पर्वमा नेपालबाट विराटनगरमा रहेको झी पुचः का पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई पनि बोलाएको थियो । उक्त कार्यक्रममा झी पुचः का अध्यक्ष तथा पर्यटन व्यवसायी भविषकुमार श्रेष्ठ, सचिब सुरज कुमार श्रेष्ठको सहभागिता रहेको थियो । कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङले झी पुचः का अध्यक्ष श्रेष्ठलाई मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा पर्यटनको क्षेत्रमा पनि छलफल भएको थियो । उक्त कार्यक्रममा झी पुचः का अध्यक्ष श्रेष्ठले धर्मसंस्कृतिको संरक्षणमा सबै लाग्नुपर्ने बताए । छिमेकी देश र सिमाना पर्ने राज्य भएकोले पर्यटन र संस्कृतिको क्षेत्रको विकासमा मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए ।