राजनीति भनेको फुलको ओछ्यानमा सुतेको जस्तो हुँदैन : मन्त्री किराँती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राजनीति भनेको फुलको ओछ्यानमा सुतेको र फुलको बाटोमा हिँडेको जस्तो सजिलो नभएको तर्क गरेका छन् ।

नेपाल पर्वतारोहण संघको ३३ औँ वार्षिक साधारण सभा कार्यक्रममा उनले सरकारले गरेको राम्रो कामको उदाहरण दिँदै उनले आफूहरू काँडाको बाटोमा हिडिरेको तर्क गरे ।‘राजनीति भनेको फुलको ओछ्यानमा सुत्नु हैन तरबारको धारमा आगो ज्वालामा पस्ने साहस गर्ने मान्छेले मात्र राजनीतिमा लाग्छ । फुलको बाटो हामी हिँडिरहेका छैनौँ । काँडाको बाटो हिँडिरहेका छौँ । ’

उनले पर्यटनको क्षेत्र सबैको लागि प्राथमिकताको विषय भएको बताएका छन् । पर्यटन ऐनहरू सुधार्न आवश्यक भएको र त्यो बाटोमा आफू लागेको उनको भनाई छ ।

‘हामीले व्यवस्था बदल्यौँ । व्यवस्था बदल्न जस्तै कठिन रहेछ अवस्था बदल्नु । अहिले हामी कम्मर कसेर लागेका छौँ ।’ उनले देश र जनताको सेवा गर्न र समृद्ध नेपाल निर्माणको लागि भ्रष्टाचारको जरालाई फाल्न आवश्यक भएको बताए ।

बिहिबार, १४ भदौ, २०८०, साँझको ०५:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर