काठमाडौं । ९ किलो सुन प्रकरणमा कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् ।

भेपमार्फत भएको ९ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा महरालाई पक्राउ गरिएको सीआईबी उच्च स्रोतले बताएको छ ।

सोधपुछका लागि बोलाइएका महरालाई सीआईबीले त्यहीबाट बेला पक्राउ गरेको हो । नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले पनि राहुल महरालाई पक्राउ गरिएको पुष्टि गरे ।