विराटनगर । गएको सोमबार बिहानदेखि सप्तकोशी नदीको पुल छेउमा गाडी, जुत्ता र मोवाइल छोडेर वेपत्ता भएका झापा दमकका डाक्टर प्रज्ज्वल कोइरालाको अवस्था अझै अज्ञात छ ।
जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्र फुयालले उनको अवस्था अझै अज्ञात रहेको जानकारी दिए । झापाको दमक–१ निवासी कोइराला मदन भण्डारी ट्रमा सेन्टर, उर्लाबारीमा जनरल सर्जनको रुपमा कार्यरत थिए । डाक्टर कोइराला सोमबार राति २ बजे कोशीको पुलमा आएको सिसी टिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ ।
डाक्टर कोइरालाले आफू सवार १–०२–००२ च ४१६६ नम्बरको कार भने सप्तकोशीको पुल छेउमा भेटिएको थियो । प्रहरीले पुलको रेलिङमा उनको मोबाइल, जुत्ता र मोजा फेला पारेको थियो ।

