विराटनगर । इन्जिनियरिङ अध्ययनप्रतिको विद्यार्थीको आकर्षण प्रतिदिन बढ्दै गएको छ । पढाइ सक्ने बित्तिकै रोजगारी अवसर हुने भएकोले इन्जिनियरिङप्रति विद्यार्थीको आकर्षण बढेर गएको हो ।
विराटनगर– २ राधाकृष्ण मार्गमा रहेको इस्टर्न कलेज अफ इन्जिनियरिङमा अध्ययन गर्ने चाहना राखेर पुगेका विद्यार्थीहरुको चापले विद्यार्थीको आकर्षण बढको पुष्टि गर्दछ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुबाट पठनपाठन हुने गरेको कारण यो कलेजमा विद्यार्थीको आकर्षण बढेर गएको हो । इस्टर्न कलेजमा इन्जिनियरिङ पढाउन धेरै अभिभावक लालायित हुने गरेका छन् ।
गुणस्तरीय शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादन गरेको कारणले अभिभावक र विद्यार्थीको इन्जिनियरिङ शिक्षामा इस्टर्न कलेज पहिलो रोजाइमा पर्ने गरेको छ । २३ वर्ष अगाडि सन् २००० सालमा स्थापना भएको इस्टर्न कलेजमा इन्जिनियरिङ शिक्षामा एक अब्बल शैक्षिक संस्थाको रुपमा परिचित छ ।
हालै आइएमएसी इन्जिनियरिङ कम्पनी प्रा. लि. जापानसँग भएको एमओयू अन्तर्गत यस कलेजबाट उत्पादित जनशक्तिहरुलाई तालिमकोे अवसर प्राप्त हुने इस्टर्न कलेज अफ इन्जिनियरिङका प्रिन्सिपल ई.अमित सुरानाले बताए । ‘जापानका प्रतिष्ठित कम्पनीमा तालिम प्र्रदान गरी रोजगारीको अवसर दिने छ । साथै विद्यार्थीलाई नवीनतम् प्रविधिमा दक्ष तथा क्षमतावान् समेत बनाउने छ,’ प्रिन्सिपल सुरानाले भने ।
कलेजमा अहिले बि.ई सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रोनिक्स कम्यूनिकेशन र अटोमेशन इन्जिनियरिङ कार्यक्रमहरु संचालनमा छन् । कलेजले सीमित कोटा राखेर स्नातकतहको सिभिलइन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ तथा इलेक्ट्रोनिक्स कम्यूनिकेशन र आटोमेशन इन्जिनियरिङमा भर्ना खुलाएको छ । भर्नाको लागि कलेजले असोज १३ गते प्रवेश परीक्षा राखेको छ ।
नेपाल इन्जिनियरिङ परिषद्बाट स्वीकृति र पूर्वाञ्चल विश्वविद्यालय बाट सम्बन्धन पाएको यो कलेजमा अनुशासित, सुरक्षित र शान्त वातावरणमा निर्धक्ताका साथ पठनपाठन गर्न विद्यार्थीहरुले पाउने गरेका छन् । अनुसाशित र दक्ष प्राध्यापकहरूबाट गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले प्रत्येक वर्ष दक्ष जनशक्ति उत्पादन हुने गरेको कलेजले जनाएको छ ।
विद्यार्थीले सिकेको ज्ञान अत्याधुनिक सुविधा सम्पन्न प्रयोगशालामा अभ्यास गर्ने गर्ने प्रणालीको विकास कलेजमा गरेको छ । जसले गर्दा विद्यार्थीहरुले फराकिलो खेलमैदान, अत्याधुनिक उपकरण जडित कक्षाकोठा, सुविधा सम्पन्न भवन, प्रयोगशाला, लाइबे्ररीमा निर्धक्क अध्ययन, अनुसन्धान गर्न पाउँछन् ।
कलेजबाट उत्पादित जनशक्ति देश र विदेशको विभिन्न ठाउँमा कार्यरत रहेको कलेजका प्रिन्सिपल सुरनाले बताए । यस कलेज स्थापनाको २३ वर्ष पूरा भएको अवसरमा छात्रा तथा जेहेन्दार विद्यार्थीका लागि आकर्षक छात्रवृत्ति घोषणा गरेको कलेजले जनाएको छ ।

