विराटनगर । मोरङको उर्लाबारीमा मङ्गलबार टिपर र मोटरसाइकल जुद्धा एक जना चिकित्सकको मृत्यु भएको छ। दुर्घटनामा सप्तरीका २८ वर्षीय चिकित्सक निरज यादवको मृत्यु भएको हो।

मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जन दाहालका अनुसार पुर्व पश्चिम राजमार्गको उर्लाबारी –४ मस्थित ओम सत्य साई पेट्रोल पम्प नजिकै यादवलाई विहान सवा छ बजे टिपरले ठक्कर दिएको थियो।

डाक्टर यादव पुर्वतिर गइरहेका थिए भने टिपर पश्चिम गइरहेको थियो। टिपरले यादव सवार प्र १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकललाई प्र ३–००१ क ००९५ नम्बरको टिपर आपसमा जुध्दा उनी गम्भीर घाइते भएका थिए।

लगत्तै मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा उहाँलाई उपचारका लागि पुर्याइयो, चिकित्सकले ६स्५० मा मृत घोषणा गरेू डिएसपी दाहालले भने। उनका अनुसार टिपर चालक झापा मेचीनगर नगरपालिका ११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ। डाक्टर यादव कहाँ काम गर्थे भन्ने खुलिनसकेको प्रहरी भनाइ छ।