विराटनगर । बेलबारी नगरपालिका वडा न.२ को लक्ष्मिचोकको एक घरमा आगलागी भएको छ । सिताराम दाहालको घरमा आगलागी भएको हो । सोमबार बिहान करिब ११ बजे आगलागी भएको हो ।आगोबाट १ तोला सुनको चेन, आधा तोला पुतली, ५ आनाको तिलहरी, २ तोला चाँदी, फर्निचर, लत्ताकपडा, अन्नपात जलेर नष्ट भएको जनाइएको छ ।

बेलबारी वडा न. २ का सदस्य दीपक लिम्बुका अनुसार आगो १ घण्टा पछि नियन्त्रणमा आएको थियो । विद्युत् सट भएर आगो लागेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

त्यो घरमा प्रेम पोख्रेलको परिवार भाडामा बसेका थिए । भाडामा बस्नेहरूको सबै सामाग्री जलेर नष्ट भएको वडा सदस्य लिम्बुले बताए । घरमा कोही नभएका बेला आगलागि भएको थियो ।