एकीकृत समाजवादी विराटनगर १३ को अध्यक्षमा जुनु पोख्रेल

विराटनगर । नेकपा एकीकृत समाजवादी विराटनगर महानगर कमिटी वडा नम्बर १३ को अधिवेशनले जुनु पोख्रेलको अध्यक्षतामा ३१ सदस्य वडा कमिटी गठन गरेको छ ।

आइतबार पोलीडब्युरो सदस्य महेश रेग्मीको प्रमुख आतिथ्ययतामा तथा निवर्तमान वडा कमिटी उपाध्यक्ष टिका सिवाकोटीको अध्यक्षता भएको अधिवेशनले उपाध्यक्षमा शम्भु प्रसाद न्यौपाने र सुरेश महतो लाई चयन गरेको छ भने सचिव विनोद साहा चयन भएका छन् । यस्तै सह– सचिवमा तारा अधिकारी र शिव कुमार यादव चयन भएका छन् । कोषाध्यक्षमा विमला थापा चयन भएकी छिन ।आइतबार नै राजेश परियारको अध्यक्षतामा १९ सदस्य युवासंघको वटा कमिटी समेत गठन गरिएको छ ।

जिल्ला अध्यक्ष चन्द्र वीर राई, महानगर अध्यक्ष वीरेन्द्र यादव, डा. उद्धव पोख्रेल, शम्भु साही, कविराज न्यौपाने, शुक्रराज न्यौपाने, विनोद न्यौपाने लगायतका नेताको उपस्थितिमा वडा अधिवेशन गरिएको हो ।

यस्तै शनिवार एकीकृत समाजवादी जिल्ला कमिटी मोरङ र महानगर कमिटी विराटनगरको संयुक्त आयोजनामा पाटी पुर्न गठन दिवस मनाइको थियो । महा अधिवेशनको मिति तोकिएपछि एकीकृत समाजवादीले सङ्गठन विस्तार तर पुर्न गठन केन्द्रित हुन थालेको छ । सो पाटीको माघमा महाधिवेशन हुँदै छ ।

स्थापना दिवसको अवसरमा अन्तरक्रिया तथा दीप प्रज्वलन गरेर उक्त पाटीले पुर्न गठन दिवस मनाएको हो ।

आइतबार, १० भदौ, २०८०, साँझको ०७:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर