विराटनगर । विराटनगर ५ का महिलाहरुले तीज पर्वको सन्दर्भमा सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन् ।

आदर्श महिला मित्रता समूहमा आवद्ध महिलाहरु शनिबार आपसमा भेला भएर सामुहिक रुपमा दर खाई रमाइलो गरेका हुन् । त्यस क्रममा उनीहरुले नाचगान समेत गरेका थिए । समूहले हरेक वर्ष यसरी नै महिलाहरुलाई एक ठाउँमा भेला गर्ने र पर्व मनाउने गर्दै आएको छ ।

नेपालका मौलिक संस्कृतिसँग सम्बन्धित चाडपर्वको महत्वलाई उजागर गर्ने लक्ष्यका साथ तीज मनाइएको उनीहरुले बताएका छन् ।