कोशीकी उपसभामुख दनुवारलाई अस्पतालले गर्‍यो डिस्चार्ज

काठमाडौँ । कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार डिस्चार्ज भएकी छिन् । तीन दिन गङ्गालाल हृदय रोग केन्द्रमा उपचारपछि हिजो हिजो डिस्चार्ज गरिएको हो ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिन दनुवार अस्वस्थ बनेको भन्दै काठमाडौँ गएकी थिइन् । सत्तारुढ दलहरूले भने उनी बैठक छल्ने नियतले भागेको आरोप लगाएका छन् ।

अहिले दनुवारको स्वास्थ्य अवस्थामा सुधार आएको उनको सचिवालयले जनाएको छ ।

सर्वोच्च अदालतले सभाध्यक्षको भोट प्रयोग गर्दै उद्धव थापाले लिएको विश्वासको मत संविधानसम्मत नभएको अन्तरिम आदेश गरेपछि उपसभामुख ज्युलाई सन्चो भएको गठबन्धनका एक नेताले बताए ।

शुक्रबार, ०८ भदौ, २०८०, दिउँसोको ०४:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर