काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोल प्रसाद अर्यालले श्रमिकहरूको निम्ति बढाएको पारिश्रमिक लागु गर्नका सरकारसँग माग गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले केही व्यवसायीहरूले पारिश्रमिक गर्दा औद्योगिक भार पर्ने भन्दै त्यसको कार्यान्वयनलाई बेवास्ता गरेको भन्दै उनले बढेको ज्याला दर लागु गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन् ।
उनले भने ‘श्रमिकको न्यूनतम १७ हजार तीन सय निर्धारण गरिएको छ तर औद्योगिक भार पर्ने जस्ता अभिव्यक्ति आइराखेका छन् । बढेको पारिश्रमिक पनि लागु गर्न सकिएन भने पक्कै पनि राम्रो सन्देश जाँदैन । उद्योग व्यवसाय प्रवर्द्धन गर्नु र श्रमिकको हक हितमा काम गर्नु सरकारको दायित्व हो । त्यसैले उद्योगी व्यवसायले बढेको पारिश्रमिक खुसी खुसी लागु गर्ने वातावरण सरकारले तयार गरी दिनुपर्छ ।’
सरकारले साउन ३२ गते राजपत्रमा सूचना प्रकाशित गर्दै पारिश्रमिक बढाएर न्यूनतम १७ हजार तीन सय निर्धारण गरेको थियो ।