विराटनगर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको हो ।
काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको तीर्थयात्री बोकेको सो बस सडकबाट तल खहरेमा खसेको थियो ।उपचारको क्रममा ७ जनाघाइतेको मकवानपुरको हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।
मृत्यु हुनेमा ३ पुरुष र ४ जना महिला रहेका छन् । उनीहरुको सनाखत हुन भने भएको छैन । दुर्घटनामा अन्य १७ जना घाइते भएको बताइएको छ । हिजो धादिङ बस दुर्घटनामा ८ जनाले ज्यान गुमाएका थिए ।

