विराटनगर । काठमाडौंबाट म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ मा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
मृतकमध्ये २ जना महिला र ६ जना पुरूष रहेको धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिएका छन । ८ जना घाइतेको उद्धार गरीएको प्रहरीले जनाएको छ ।
धादिङका प्रहरी प्रमुख मिश्रका अनुसार प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो।
घाइते ५ जनालाई उपचारका लागि काठमाडौ पठाइएको प्रहरीले जनाएको छ ।

