विराटनगर । न्यूरो अस्पताल र कुमारी बैंक लिमिटेडबीच विशेष छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी न्यूरो अस्पताल र कुमारी बैंक लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले हस्पिटलसँग दुई पक्षीय सम्झौतामा हस्ताक्षर गरेको हो ।
उक्त सम्झौतापत्रमा न्यूरो अस्पतालका अपरेशनल डाइरेक्टर राजेस भट्टराई र कुमारी बैंक लिमिटेडका प्रदेश प्रमुख मनिश श्रेष्ठले हस्ताक्षर गरेको अस्पतालका रिलेशनसीप अफिसर आर्यन गिरीले जानकारी दिए ।

सम्झौतासँगै कुमारी बैंकका ग्राहक तथा कर्मचारीहरुलाई न्यूरो अस्पतालमा उपचार गर्दा ओपिडी सेवा, बेड चार्ज, ल्याव टेष्ट, एक्सरे, इन्डिस्कोपी, फिजियोथेरापी, सिटी इसक्यान, एमआरआई लागयत विभिन्न किसिमका स्वास्थ्य उपचारमा विशेष छुट पाउने छन् ।

बहुआयमिक उपचारमा ख्याती कमाएको अस्पताल आहिले सुपरस्पेसिएलिटी सेवाको लागि भरपर्दो गन्तव्य भइरहेको छ । साथै अस्पतालले विभिन्न संस्था संगको सहकार्यमा अस्पतालको सेवालाई सर्वसाधारणको पहुँचमा पु¥याइरहेको छ ।