सूचना टाँसेर संसद् बैठक स्थगित

काठमाडौँ । आजका लागि बोलाइएको संसद् बैठक पनि बस्दै नबसी स्थगित भएको छ । संसद् सचिवालयले, विशेष कारणले बैठक बस्न नसकेको सूचना निकालेर बैठक भोलीसम्मका लागि सारेको छ ।

‘आज मिति २०८० साल भदौ ५ गते मङ्गलवार दिनको ३ः०० बजे बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको अर्को बैठक मिति २०८० साल भदौ ६ गते बुधवार दिनको ३ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। ’ संसद् सचिवालयद्वारा जारी सूचनामा भनिएका

मङ्गलबार, ०५ भदौ, २०८०, दिउँसोको ०३:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर