मैले कानून उलंघन गरेको छैन, उपसभामुखका कारण समस्या आएको हो : मुख्यमन्त्री

विराटनगर । सभाको अध्यक्षता गर्ने इस्रायल मन्सुरीलाई मत हाल्न लगाएर विश्वासको मत पाएका कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले कानूनको उल्लंघन नगरेको बताएका छन् । विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै थापाले आजको समस्या उपसभामुख सिर्जना दनुवारका कारण भएको आरोप पनि लगाए ।

आज गरेको काम संवैधानिक हो या असंवैधानिक भन्ने सवालको जवाफ पनि उपसभामुखले दिनुपर्ने उनको भनाइ छ । ‘सभाकी प्रमुख भाग्नु भएको छ यो परिस्थित उहाँले बनाउनु भएको हो,’ मुख्यमन्त्री थापाले भने ‘विश्वासको मत लिन समय दिएर उहाँ भाग्नु भयो ।’ प्रदेशसभाका सभाको अध्यक्षता तोकेर भाग्न मिल्छ ? भन्दै मुख्यमन्त्री थापाले प्रश्न पनि गरे । विश्वासको मत लिने आजको समय दिएर प्रदेशसभा सदस्यलाई अध्यक्षता गर्ने जिम्मा दिँदै आफ्ना सांसदलाई बिदामा राखेर प्रदेशसभा खाली राख्ने उद्देश्यले उपसभामुख भागेको मुख्यमन्त्रीको आरोप छ ।

‘हामीले जे भए पनि प्रदेशसभाको औचित्य पुष्टि गरेका हौँ । यहाँ प्रदेशसभा छ भनेर हामीले त्यसको वैधानिकतालाई बचाउने काम गरेका हौँ । हामीले गलत गरेका छौँजस्तो लाग्दैन,’ उनले भने । उ

सोमबार, ०४ भदौ, २०८०, रातीको ०८:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर