विराटनगर । मुख्यमन्त्रीले विश्वासको मत लिँदा सभाअध्यक्ष गर्ने इस्रयाल मन्सुरीले मतदान गरे आफ्नो दलले प्रतिवाद गर्ने नेकपा (एमाले)ले जनाएको छ ।
प्रदेशसभा सचिवालय परिसरमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले यस्तो बताएका हुन् । उनले जबर्जस्ती गरे सदनदेखि अदालतसम्म आन्दोलन गर्ने चेतावनी दिए । प्रदेशसभाको बैठक अब केहीबेरमा बस्दैछ ।
प्रदेशसभा सचिवालयले जारी गरेको सूचना अनुसार विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो ३ बजे बैठक बस्ने सूचना जारी भएको हो । सत्ता गठबन्धनले भने बहुमत पुर्याउनका लागि सभाध्यक्ष गर्ने काँग्रेसका सांसद इस्राइल मन्सुरीलाई पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिन लगाउने तयारी गरेको छ ।