उपसभामुख बैठक छलेर हिंडेपछि कानुनी परामर्शमा प्रदेशसभा सचिबालय

विराटनगर । कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवार आफैले बोलाएको प्रदेशसभा बैठक छलेर हिडेंपछिको परिस्थितिबारे प्रदेशसभा सचिवालयले कानुन व्यवसायीसँग परामर्श थालेको छ ।

उपसभामुख दनुवारले `विरामी भएको बहाना´देखाउदै बैठकमा अनुपस्थित हुने सूचना दिएपछि प्रदेशसभाको बैठक कसरी संचालन गर्ने भन्नेबारे सचिवालयले मुख्यन्यायाधिवक्तासहित कानुन व्यवसायीसँग छलफल गरेको हो ।

छलफलको लागि सचिवालयले कोसी प्रदेशका मुख्यन्यायाधिवक्ता बुद्धिबहादुर कटुवाल, पूर्व मुख्यन्यायाधिवक्ता चुणामणि आचार्यसहित कानुन व्यवसायीसँग छलफल गरिरहेको छ ।

उपसभामुख दनुवार अनुपस्थित भएपछि बिहान ८ बजेको लागि राखिएको कार्यव्यवस्था समितिको बैठक स्थगित भएको थियो ।त्यसपछी भएको अनौपचारिक सल्लाह अनुसार कानुन व्यवसायीसँग छलफल भइरहेको कोशी प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए ।

उपसभामख दनुवारले आफू अनुपस्थित हुँदा अध्यक्ष मण्डलका सदस्य इसराईल मन्सुरीलाई बैठक संचालनको कार्य जिम्मेवारी दिएकोबारे संवैधानिक र कानुनी छलफलमा सचिवालय जुटेको हो ।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची रहेकै दिन उपसभामुखको अनुपस्थिति तथा उनले बैठक संचालनको जिम्मेवारी मन्सुरीलाई तोकेको विषयको कानुनी र संवैधानिक हैसियतबारे छलफल भइरहेको बताइएको छ ।

उपसभामुखको अनुपस्थिति रहेको र अध्यक्ष मण्डलमा रहेका एमालेका मालती कुमारी लिम्बू तथा राप्रपाका अमरबहादुर विष्टले प्रदेशसभा बैठकमा अनुपस्थित रहने सूचना आइतबार नै दिएको सन्दर्भमा आजको बैठक के गर्ने भन्नेबारे सचिवालय छलफलमा छ ।

सोमबार, ०४ भदौ, २०८०, दिउँसोको १२:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर