विराटनगर । नेकपा माओवादी केन्द्रले पाटी सुदृढीकरण अन्तर सञ्चालन गर्न लागेको तीन महिने अभियानको बेलबारीमा सुझाव सङ्कलन गरिएको छ ।
माओवादी केन्द्रले भदौ १६ गतेदेखि ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सञ्चालन गर्दै छ । तीन महिने अभियानको लागि मोरङको बेलबारी नगरमा संविधानसभा सदस्य समेत रहेकी केन्द्रीय सदस्य समिता कार्की ‘अस्मिता’कमान्डर तोकिएकी छिन ।
कार्कीले नगरमा कस्तो प्रकारको अभियान सञ्चालन गर्दा प्रभावकारी हुन्छ भन्ने विषयमा सुझाव सङ्कलन गरेकी हुन् । कार्यक्रममा प्रदेश सदस्य तिलकप्रसाद राई, नवराज चापागाईँ , कञ्चन कुलुङ राई लगायतको उपस्थिति रहेको थियो । नगर समिति अध्यक्ष परशुराम सुबेदी को अध्यक्षतामा कार्यक्रम गरिएको नगर सचिव लक्ष्मण तामाङले बताए ।