एमालेले संसदलाई अनिर्णयको बन्दी बनायो : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले नेकपा एमालेले संसद अनिर्णयको बन्दी बनाएको आरोप लगाएका छन् ।

आईतबार प्रतिनिधिसभाको बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दे उनले संसद खुलाएर शुल्य समयसम्म जान आग्रह गर्दा समेत एमालेले नमानेको उनको आरोप छ ।

उनले भने,‘ आज संसद खुलाएर शुल्य समय सम्म जाउँ भन्दा पनि उहाँहरु मान्नुभएन । सँधै अनिर्णयको बन्दी बनाएर जनतामा के भनेर जानुहुन्छ । उहाँहरुलाई पनि जिम्मेवारी दिएको छ ।’

कानूनले विश्वास गरेका संयन्त्रलाई अविश्वास गरेर समस्या समाधान हुन्छ रु एमालेलाई उनको प्रश्न छ ।

उनले भने, ‘कानूनले विश्वास गरेका संयन्त्रलाई चाँहि अविश्वास गर्ने अनि अरुलाई गाली गरेर समस्या समाधान हुन्छ रुत्यसैले नेकपा एमालेलाई आग्रह गर्न चाहान्छु। तपाईहरु केहि नभनी हामीसँग यहाँ आएर संसद चल्न दिनुस् ।’

आइतबार, ०३ भदौ, २०८०, दिउँसोको ०४:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर