विराटनगर । रसुवाबाट प्रहरीले सुनसहित एक जना पैदलयात्रीलाई २ किलो सुनसहित प्रकाउ गरेको छ ।

अवैधरुपमा सुन तस्करी भइरहेको भन्ने सूचना पाएर चेकजाँचमा गएको प्रहरी टोलीले टिमुरेबाट हिँडेर स्याफ्रुवेशी आइरहेका २४ वर्षका सुदीप शेर्पालाई पक्राउ गरेको रसुवाका प्रहरी प्रमुख डिएसपी ज्योतिराम केसीले जानकारी दिए ।

‘स्याफ्रुवेशीबाट गएको नियमित प्रहरी चेकिङ टोलीले सुराक आएपछि उनलाई रोकेर खानतलासी गरेको थियो,’ डिएसपी केसीले भने।
शेर्पाले सेतो रङको टिसर्टभित्र लगाएको कालो चेस्टगार्डमा सुन राखेर ल्याएका थिए ।

सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५ पोखरीका शेर्पाले सोधपुछका क्रम उक्त सुन सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भई अहिले रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ टिमुरे बस्ने फुसाङ्वु शेर्पाले आफूलाई दिएको बताएका थिए ।

प्रहरीले केही समयपछि फुसाङ्वुलाई पनि पक्राउ गरेको थियो । उनीहरू दुबै जना र सुनको अनुसन्धान गर्न राजश्व अनुसन्धान कार्यालय ललितपुर पठाइएको डिएसपी केसीले जानकारी दिए