विराटनगर ।  तेह्रथुममा  करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ।

शनिबार बिहान तेह्रथुमको म्याङलुङ नगरपालिका–३ नागदहमा करेन्ट लाग्दा स्थानीय ८४ वर्षीया बाटुलीदेवी विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।

बिहान उठेर घरको मूलढोका खोल्ने क्रममा वृद्धालाई करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।