विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री उध्दव थापाले भदाै ४ गते विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री थापाले भने भदाै ३ गते विश्वासकाे मत लिने समय निर्धारण गर्दै संसद सचिवालयमा निवेदन दिएका थिए । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन सहित को नियम १२८ को उपनियम (१) र (२) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव सम्बन्धी सूचना दिएका थिए ।
सभामुखका भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारले ४ गतेकाे समय दिएकाे मुख्यमन्त्री थापाले जानकारी दिए । थापा गत साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।