विराटनगर । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आँशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गण्डकी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
शुक्रवार दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रहनेछभने देशको पहाडी भू–भागको केही स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशभर आँशिकदेखि सामान्य बदली रहनेछ।

