विराटनगर । मोरङको पथरी बजारबाट हराएको पिकअप भ्यान विराटनगरमा भेटिएको छ ।

साउन २७ गते बेलुका पथरीस्थित सिटिजन बैंक अगाडि पार्किङ गरी राखेको टाटा पिकअप भ्यान हराएको थियो । हराएको पिकअप भ्यान खोजी गर्ने गर्ने क्रममा साउन २९ गते विराटनगर महानगरपालिका ७ मा प्रहरीले फेला पारेको हो ।

पथरी शनिश्चरे नगरपालिका – १ का गाडी धनी ५१ बर्से प्रेम बहादुर गुरुङले आफ्नो को.१ च ९६५५ नम्बरको सेतो कलरको टाटा पिकअप गाडी बैंक अगाडि पार्किङ गरी राखेको अवस्थामा हराएको थियो । गाडी धनी गुरूङले पार्किङ गरी राखिएको गाडी हराएपछि खोजतलासको लागि इलाका प्रहरी कार्यालय पथरीमा निवेदन दिएका थिए ।

खोजिन गर्ने क्रममा प्रहरीले गाडी विराटनगरमा बेवारिसे अवस्थामा फेला पारेको इप्रका पथरीले जनाएको छ ।