विराटनगर । विराटनगरमा दिन हाडै तरबार प्रहार गरेको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगरको बजारमा दिउँसै तरबार प्रहार गर्ने विराटनगर महानगरपालिका९८ का २२ वर्षीय समीर हुसेन र विराटनगर९६ का २४ वर्षीय अशोक अन्सारीलाई पक्राउ परेका हुन् ।

तरबार प्रहारबाट विराटनगर९८ का २२ वर्षीय मोहम्मद हलिम गम्भीर घाइते भएका थिए । उनको दुवै हातमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।
नेपाल –भारत सीमा क्षेत्र नजिकबाट बुधवार बिहान २ बजेतिर हुसेन र अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए ।

साउन २९ गते सोमबार एउटा मोटरसाइकलमा आएका तिन जनाले मोहम्मद हलिमलाई तरबारले हानेका थिए