विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज काँग्रेसबाट एक मन्त्री थप गरेका छन् ।
मुख्यमन्त्रीका स्वकीय सचिव मिलन चापागाईँले दिएको जानकारी अनुसार काँग्रेसका गयानन्द मण्डल उद्योग कृषि तथा सहकारी राज्यमन्त्री बनेका हुन । उनले शपथ ग्रहण समेत गरेका छन् ।
यसअघि थापाले ४ मन्त्री नियुक्त गरिसकेका छन् ।
जसमा काँग्रेसबाट प्रदीपकुमार सुनुवार सिँचाइ खानेपानी तथा ऊर्जा, माओवादी केन्द्रबाट बाबुराम गौतम आर्थिक मामिला तथा योजना, नेकपा एसबाट कमल जबेगु भौतिक पूर्वाधार विकास र जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री रहेका छन् ।