संखुवासभा । संखुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा मुछिएका कारागार इन्चार्ज सहित सहितका प्रहरी र कैदी माथि अनुसन्धान सुरु गरिएको छ । कैदी मृत्यु प्रकरण मुछिएका कारागार सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरी र कैदी सँग अनुसन्धान सुरु गरिएको हो । कैदी मृत्यु प्रकरण मुछिएका कारागार सुरक्षा इन्चार्ज (असई) चौधरीसहित १० प्रहरी र कैदी माथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी वीरेन्द्र गोदारले बताए ।

कैदी मृत्यु प्रकरण मुछिएका कारागार सुरक्षा इन्चार्ज (असई) चौधरीलाई आइतबार पक्राउ गरिएको हो । आइतबार पक्राउ परेका चौधरीलाई ५ दिन म्याद थप र कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरेविरुद्ध जिल्ला अदालत संखुवासभाले पक्राउ अनुमति जारी थियो । कुटपिटबाट सङ्खुवासभा मादी नगरपालिका – ५ का २० बर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो । प्रहरीले कारागारका निमित्त प्रमुख घिमिरेलाई भने पक्राउ गरिसकेको छैन । उक्त घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नताबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चौकीदार सहित नौ कैदी माथि अनुसन्धान

कैदीको मृत्यु भएको घटनाको अनुसन्धानका लागि भनेर प्रहरीले कारागारका चौकीदार रामकुमार कार्कीसहित नौ जना कैदीलाई हिरासतमा राखेको थियो । सो घटनामा संम्लग्न भएको आरोप लागेको चौकीदार रामकुमार कार्कीसहित नौ जना कैदी माथि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गोदारले बताए । उनीहरुलाई प्रहरीले बुधबारनै नियन्त्रणमा लिएको हो ।

प्रहरीले कैदी कुमार श्रेष्ठ, अनिष शर्मा, सुमन सारु, टीकाराम भनिने टीकाराज चौहान, सचिन राई, राम गुरुङ, नवीनकुमार राई र योगेन्द्रबहादुर गुरुङलाई कारागारबाट निकालेर हिरासतमा राखेको थियो । घटनामा चौकीदार सहितका कैदीको संलग्न देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । २५ जना क्षमताको सङ्खुवासभा कारागारमा आठ महिलासहित एक सय ३६ जना कैदीबन्दी रहेका छन् ।