काठमाडौैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले दुई पटक असंवैधानिक ठहर गरिसकेको प्रतिनिधिसभा विघटनको पुनः बचाउ गरेका छन् ।
मंगलबार नेकपा एमालेको बागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रतिनिधिसभा विघटन संवैधानिक र अपरिहार्य भएकोले विघटन गरेको जिकिर गरे ।
पार्टी जोगाउन प्रतिनिधिसभा विघटन नगरी नहुने स्थिति आएको भन्दै उनले प्रतिनिधिसभा विघटन गरेर प्रतिक्रियावादीहरुको ठूलो षड्यन्त्र असफल पारेको दाबी गरे । प्रतिनिधिसभा विघटन गरेकै कारण पार्टी मजबुत शक्तिको रुपमा रहन सफल भएको उनको भनाइ छ ।
ओलीले प्रतिनिधिसभा विघटन त्यस बेलाको अपरिहार्यता भएको उल्लेख गर्दै सो कदम राजनीतिक, संवैधानिक र संसदीय भएको जिकिर गरे । पुस ५ को निर्णय नगरेको भए आफूहरुलाई झुण्ड्याउन डोरीसमेत तयार गरिएको उनले बताएका छन् ।
‘हामीलाई झुण्ड्याएर मार्ने जुन डोरी उनीहरुले बनाएका थिए त्यो डोरी हामीले काटिदियौं’ उनले भने, ‘प्रतिनिधिसभा विघटन गरेपछि षड्यन्त्र छिन्यो, हामी सफल भयौं ।’
सर्वोच्च अदालतले त्यसबेला गैरकानुनी भनेको संसद् विघटनको कदमलाई नेता ओलीले भने ुप्रतिक्रियावादी षड्यन्त्रको विरोधमा जाने एउटा सचेत कदमु भन्दै व्याख्या गरेका छन् ।