केशव स्थापितको राजीनामा स्वीकृत, मणि थापालाई स्पष्टीकरण

काठमाडौँ ।  केशव स्थापितले दिएको  राजीनामा  नेकपा एमालेले स्वीकृत गरेको छ । स्थापित नेकपा एमाले केन्द्रीय सदस्य थिए ।
सोमबार बसेको एमाले सचिवालय बैठकबाट उनको राजीनामा स्वीकृत गरेको हो ।  गएको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा उनी पराजित भएका थिए ।
एमालेले अर्का केन्द्रीय सदस्य प्रमोदनारायण यादवलाई पनि पार्टीले निष्कासन गरेको छ । हिजो बसेको सचिवालय बैठकले उनलाई बिदा गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । सिराहाका यादव पार्टीमा निष्क्रिय रहेकाले निकालिएको बताइएको छ ।
स्थापित र यादवको रिक्त स्थानमा केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको गौतमले जानकारी दिए ।
यस्तै स्थायी कमिटी सदस्य मणि थापालाई स्पष्टीकरण सोधने निर्णय समेत सचिवालयको बैठकले गरेको छ ।
मङ्गलबार, ३० साउन, २०८०, दिउँसोको ०१:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर