काठमाडौँ । संसारको दोस्रो अग्लो हिमाल माउन्ट केटुको सफल आरोहण गर्ने एकै परिवारका चार दाजुभाइलाई सरकारले सम्मान गरेको छ ।
मङ्गलवार काठमाडौँमा एक कार्यक्रमका बीच सरकारले संखुवासभाका सफल आरोही दाजुभाइ मुक्त शेर्पा, निङ्मा दोर्ची शेर्पा,पेचुम्बे शेर्पा र आङदावा शेर्पालाई कदर पत्र र खादा ओढाएर सम्मान गरेको हो ।

उनीहरू चारै जनाले गत जुलाई २७मा आठ हजार ६ सय ११ मिटर उचाइको माउन्ट कुटेको सफल आरोहण गरेर नेपालबाट मात्र होइन विश्वमै एकै परिवारका चार जनाले पहिलो पटक आरोहण गरेको कीर्तिमा नबनाएका थिए ।

नागरिक उड्डयन तथा पर्यटन मन्त्री सुदन किराँतीले कीर्तिमानी आरोही चार दाजुभाइलाई नेपाल र नेपालीको नामलाई विश्वसामु पुन चिनाएको भन्दै प्रशंसा सहित बधाई दिए ।उनले भने, ‘एकै घरपरिवारको चार जना दाजुभाइ संसारको दोस्रो अग्लो अप्ठ्यारो हिमाल पनि भन्छन् ९माउन्ट केटु० त्यो चढेर आउनुभयो । तपाईँहरूले यो देशको इज्जत फेरि राखिदिनुभयो । संसारमा फेरि नेपाललाई चिनाइदिनु रब्युँझाइदिनु भएको छ, तपाईँहरूले लाई धेरै धेरै धन्यवाद र बधाई ।’

कार्यक्रममा आरोहीको प्रतिनिधिको रूपमा बोलेका आङदावा शेर्पाले हिमाल आरोहण पछि नेपाल आउँदा सरकारको उपस्थिति नदेखिएको भन्दै गुनासो गरे ।तर, उनले आज राज्यले सम्मान गरेकोमा खुसी व्यक्त गरे ।‘हामीले जतिखेर यो विश्व रेकर्ड बनाएर एकै पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सात जनाएका थियौँ । हामी सात जना विमानस्थलबाट बाहिर निस्किदा विश्वको यो नै पहिलो रेकर्ड रहेछ । एकै देशको सात जनाले एकै पटक आरोहण गरेर विश्व रेकर्ड बनाएको पहिलो रहेछ । सातै जना वर्ल्ड रेकर्ड बनाएर विमानस्थलबाट बाहिर आउँदा खेरि सरकारको कोही पनि देखा परेनन् । यो सरकारको कमजोरी भन्नुपर्ला ।आज खुसी लागेको छ,’आङदावाले भने।

प्रत्युत्तरमा मन्त्री किराँतीले आफू आरोहीलाई विमानस्थलमा विशेष कारणले जान नसकेको भन्दै आरोहीले दिएको सुझावलाई ग्रहण गरेको र कानुन बनाएरै त्यसलाई सम्बोधन गर्न लागेको आश्वासन दिए ।

‘यस्तो खालको कीर्तिमानी गर्ने आरोहीहरूलाई राज्यको तर्फबाट हामी के गर्न सक्छौ छलफल गर्दै छौँ । यो सम्मान गर्ने विषयलाई कानुनमै व्यवस्थित गर्न पाए म भइन्जेल गर्ने अनि अर्को आएपछि नगर्ने हुन्छ । कानुनमै व्यवस्था गर्दिए पछि त जो आए पनि गर्न पर्ने हुन्छ । त्यस कारण कानुनबाट नै यो कुरा स्थापित गर्दिन पाए राम्रो हुन्थ्यो भनेर हामी लागेका छौ,’ किराँतीले भने ।