गठबन्धन बैठकको निष्कर्ष : सुन प्रकरणमा छानबिनलाई अवरोध गर्ने प्रयास

काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले, सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोगको माग छानबिन प्रक्रियालाई अवरोध गर्ने प्रयास स्वरूप आएको निष्कर्ष निकालेको छ ।

बालुवाटारमा बसेको, गठबन्धन दलको बैठकपछि एकीकृत समाजवादीको उपाध्यक्ष राजेन्द्र पाण्डेले भने ‘वास्तवमा भन्ने हो यस्तो अवस्थामा उच्च स्तरीय आयोगको माग्नु भनेको चैँ यो भइरहेको छानबिनलाई अवरोध गर्नु हो । र यो केसलाई डेल्युट गर्नु हो भन्ने खालको हामी सबैको छलफल रह्यो ।’

त्यस्तै बैठकमा प्रतिपक्षको मागबारे गम्भीर छलफल भएको उनले बताए । ललिता निवास प्रकरणमा अदालतले दिएको आदेश त्यसै गरी, गौर हत्याकाण्डको अनुसन्धानको विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।

सोमबार, २९ साउन, २०८०, रातीको ०८:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर