गलत गरेको भेटिए आफैंलाई पनि पक्राउ गर्न प्रहरीलाई भनेको छु : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानको क्रममा गलत गरेको भेटिए आफैंलाई पनि पक्राउ गर्न प्रहरीलाइ भनेको बताएका छन ।

सोमबार पार्टीको बागमती प्रदेश कमिटी बैठकबोल्दै प्रचण्डले अनुसन्धानको क्रममा गलत गरेको भेटिए आफैंलाई पनि पक्राउ गर्न प्रहरीलाई भनेको बताए ।

‘अनुसन्धान गर्दै जाँदा प्रचण्डलाई अनुसन्धानको बाटोमा गलत भेटिन्छ भने पक्राउ गर्दा हुन्छ’ उनले भने ।

प्रचण्डले अवैध रुपमा सुन भित्रिएको प्रकरणमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा संलग्न भएको पाइए कारबाही हुने समेत बताएका छन ।

सोमबार, २९ साउन, २०८०, साँझको ०५:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर