संसद हाईज्याक भएको भन्दै रास्वपाको आपत्ती

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले संसद्‍ ुहाइज्याकु भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा रास्वपाले बोल्न समय माग गर्दा पनि सभामुख देवराज घिमिरेले समय नदिएको भन्दै लामिछानेले सदन हाइज्याक भएको बताएका हुन् ।

एमालेले पटक–पटक संसदमा नाराबाजी गरेर सदन चल्न नदिएकोप्रति लामिछानेले आक्रोश व्यक्त गरेका छन् । सदन हाइज्याक गरेर जनताका आवाज उठान गर्न नसकिएको उनको भनाइ थियो ।

रास्वपा सांसद विराजभक्त श्रेष्ठले संसदमा प्रतिपक्षलाई बोल्न नदिएर विभेद गरिएको बताएका छन् । सोमबार संसद्‍ सुरु भएसँगै एमालेका सांसदहरु उभिएका थिए । तर, सभामुख घिमिरेले कांग्रेसका सांसद सुनील शर्मालाई बोल्न समय दिए ।

सदनमा कुनै दलले विरोध गर्दै समय माग गरेको भए उसैलाई बोल्न दिनुपर्ने प्रचलन छ । तर, सभामुख घिमिरेले एमालेको विरोधमा काँग्रेसका शर्मालाई बोल्न समय दिएका थिए । शर्माले बोल्दा एमालेका सांसदहरु उभिइरहेका थिए ।

शर्माले बोलेपछि एमालेका मानवीर राईलाई सभामुखले समय दिए । तर, रास्वपाले उभिएर टेबल ठोक्दै समय मागेपनि सभामुख घिमिरेले समय दिएनन् । एमालेका सांसद राई बोलेपछि रास्वपाको कुनै नसुनी सभामुख घिमिरेले नियमित तालिका अनुसार सदन चलाउन खोजेका थिए । तर, एमालेका सांसदहरू उठेर नाराबाजी गरेपछि उनले एक सताको लागि बैठक स्थगित गरेका छन् ।

सोमबार, २९ साउन, २०८०, दिउँसोको ०३:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर