विराटनगर । जिल्ला कारागार संखुवासभामा दुई कैदी बन्दीको मृत्यु भएको घटनामा  प्रहरी सहायक निरीक्षक पक्राउ  परेका छन् ।

पक्राउ पर्नेमा  प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीलाई प्रहरीले आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए । ‘मृतकका आफन्तले कारागार प्रमुख र प्रहरी सहायक निरीक्षकको नाममा किटानी जाहेरी परेपछि चाैधरिलाइ नियन्त्रणमा लिएको उनले बताए । कारागार प्रमुख राजेन्द्र घिमिरे फरार छन् । घिमिरेले विरुद्ध पनि पक्राउ अदालतबाट पुर्जी जारि भएकाे छ ।

पक्राउ परेका चाैधरिलाइलाई आइतबारबाट लागू हुने गरी अदालतमा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

बुधवार कुटपिटबाट दुई कैदीको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय संखुवासभाले पीडितले दिएको जाहेरीको आधारमा कारागारमा भएको कैदी मृत्युको घटनामा संलग्नमाथि थप अनुसन्धान सुरु गरिरहेको जनाएको छ ।

मादी नगरपालिका–५ का प्रकाश तोलांगीले कारागार प्रमुख र कारागार सुरक्षाकर्मी लगायतविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरे पनि पीडित पक्षले कुटपिटमा संलग्न १० जना प्रहरीको नाम सार्वजनिक गर्न माग गर्दै आएको थियो ।

प्रहरीले पनि विज्ञप्ति जारी गरेर झ्याल काटेर भाग्न खोजेका कैदी बन्दीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीबाट कुटपिट भएको स्वीकारेको छ । कुटपिटबाट संखुवासभाका विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधवार बिहान मृत्यु भएको थियो ।