काठमाडौँ । अर्थमन्त्री प्रकाश शरण महतले, प्रतिपक्षले सत्तामा नहुँदाको अवस्थालाई स्वीकार गर्न नसकेको टिप्पणी गरेका छन् । आइतबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रतिपक्षले सत्तामा नहुँदाको अवस्थालाई स्वीकार गर्न नसकेको आरोप लगाएका हुन् ।

उनले भने ‘सत्तामा नहुने बित्तिकै यो किसिमको सोच राख्नु भएन लोकतन्त्रमा सबै सधैँ सत्तामा रहीरहदैन् । कहिले भइन्छ कहिले हुदैन् । त्यसलाई त स्वीकार गर्नु पर्‍यो नि । त्यसैलाई स्वीकार गर्न नसकेको जस्तो हामीलाई महसुस भएको छ ।’सरकार कुनै पनि हालतमा कसैप्रति पूर्वाग्रही नहुने उनको भनाई छ ।

‘सरकार पूर्वाग्रही हुँदैन । हुनु पनि हुँदैन । प्रतिशोधको हिसाबले कुनै काम गर्नु हुँदैन। देश र जनतामाथि बफादार भएर काम गर्नुपर्छ । कुनै पनि संरचनाले त्यो ढङ्गबाट प्रस्तुत हुनु हुँदैन । अनुसन्धान भइरहेकाले त्यसको स्रोतसम्म पुग्नुपर्छ । को–को संलग्न छन् र जो दोषी छन् तीसबैलाई कानुनी कठघरामा आउनुपर्छ ।’

उनले एमालेले सांसदलाई बन्धक बनाएको आरोप लगाएका छन् ।