विराटनगर । पत्रकार सुशिला पाठकलाई कृष्णप्रसाद सिग्देल स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ ।
कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानले सिग्देलको १४ औं स्मृति दिवसको सन्दर्भमा पत्रकार पाठकलाई सम्मान गरेको हो । प्रतिष्ठानले हरेक वर्ष एक जना पत्रकारलाई पुरस्कारसहित सम्मान गर्दै आएको छ ।
नेकपा एमालेका नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री भीम आचार्यलगायतले पत्रकार पाठललाई सम्मान गरेका हुन् ।

