विराट नर्सिङ होमको ल्याबले दिने रिपोर्ट सधैँ अब्बल हुन्छ : अमित कुसवाहा

विराटनगरस्थित विराट नर्सिङ होमभित्र सञ्चालनमा रहेको विराट इन्टरनेशनल डाइग्नोष्टिक ल्याब प्रालि अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला हो । बायोर्‍याडसँग आवद्ध भएर सर्टिफाइड प्रयोगशाला भएकोले गुणस्तरीय सेवाप्रति पछिल्लो समय सर्वसाधारणको विश्वास बढेर गएको छ । विराटको प्रयोगशाला दुई दशकभन्दा बढी पुरानो संस्था हो ।

विराटको ल्याब त्यस्तो ल्याब हो, जहाँबाट तयार हुने अधिकांश रिपोर्ट डाक्टरले भेरिफाइ गर्छन् । नयाँ टेक्नोलोजी र अटोमेटेड मेसिनबाट ल्याब परीक्षण हुने गरेको कारणले यहाँको प्रयोगशालामा विरामीको पहिलो रोजाइमा पर्ने गरेको छ । विराटको ल्याब आइएसओ र बायो¥याड सर्टिफाइड प्रयोगशाला हो । यसै विषयमा हाम्रोमत दैनिकले विराट इन्टरनेशनल डाइग्नोष्टिक ल्याब प्रालिका प्रशासन प्रमुख अमित कुसवाहासँग गरेको संक्षिप्त कुराकानी:

ल्याबहरूमा प्राविधिकको हस्ताक्षर राखेर रिपोर्ट दिइन्छ भन्ने विरामीहरुबाट गुनासो आउने गरेको छ । विराटको ल्याबमा पनि यो समस्या छ ?

– विराट इन्टरनेशनल डाइग्नोष्टिक ल्याब प्रालि बायो¥याड र आइएसओसँग आबद्ध भएर सर्टिफाइड प्रयोगशाला भएका कारण यसको गुणस्तरीय सेवाप्रति पछिल्लो समय सर्वसाधारणको विश्वास बढेको छ । विराटको ल्याब त्यस्तो ल्याब हो, जहाँबाट तयार हुने अधिकांश रिपोर्ट डाक्टरले भेरिफाइ गर्छन् । धेरैमा टेक्निसियनको साइन राखेर रिपोर्ट दिइन्छ होला । तर, यहाँ डाक्टरले भेरिफाइ गर्छन् । हामीसँग प्याथोलोजिष्ट छन् । एक जना माइक्रोबायोलोजिष्ट सहितको ९० जनाको टिमले विराटको ‘बी क्याटेगोरी’ मा देशकै नमूना प्रयोगशाला बनाउने महत्वपूर्ण सफलता हात पारेको छ ।

उच्च गुणस्तर कायम गरेकै कारण विराटको प्रयोगशालाबाट वार्षिक हजारौँले सेवा लिने गरेका छन् । विराटले आफ्नो ल्याब्रोटोरीको क्वालिटी कन्ट्रोलमा जति ठूलो लगानी गरेको छ, अरुले सायदै गरेका होलान् । यही कारण पनि हामीले दिने रिपोर्ट सधैँ अब्बल हुन्छ । सेवाग्राहीको फिडब्याक पनि राम्रो छ ।

ल्याबहरुपिच्छे फरक–फरक रिपोर्ट आउने गरेको छ । विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याबले क्वालिटी कन्ट्रोल कसरी गरेको छ ?

विराट नर्सिङ होमको ल्याबले सरकारले तोकेको मापदण्ड पूरा गरेको छ । यस बाहेक हामीले अन्तर्राष्ट्रिय मापदण्ड पनि पूरा गरेर प्रयोगशाला संचालनमा ल्याएका छौं ।

पर्याप्त र फराकिलो ठाउँ हुनुपर्ने, अनुकूल वातावरणमा मेसिनहरु राख्नुपर्नेजस्ता सामान्य मापदण्ड पनि पूरा नगर्ने ठाउँमा ल्याब परीक्षण गर्न जाँदा सही रिपोर्ट नआउनसक्छ । आइएसओले बनाएको मापदण्डअनुसार विराटको ल्याब्रोटोरीमा काम हुन्छ । प्रत्येक दिन, प्रत्येक हप्ता र प्रत्येक महिना क्वालिटी कन्ट्रोल र जाँचको काम हुन्छ । हाम्रा मेसिनले निकालेको भ्यालू ठीक छ वा छैन भनेर प्रत्येक दिन जाँच गरेर हेर्छौँ । यो क्रममा कुनै मसिनले ठीक भ्यालु निकालेको छैन भने पहिला नै थाहा हुन्छ । डेटामा पनि उत्तिकै काम हुन्छ ।

इन्टरनलसँगै एक्सटर्नल क्वालिटी कन्ट्रोलको काम पनि हुन्छ । त्योचाहिँ प्रत्येक महिना हुन्छ । एक्सटर्नल क्वालिटी कन्ट्रोल (अमेरिकाको बायोर्याड) प्रत्येक महिना स्याम्पल पठाउँछ । त्यसलाई हामीले मसिनमा रन गर्छौँ, डेटा अनलाइनबाट सबमिट गर्छौँ । नेपालका धेरै ल्याबहरुबाट उत्पादन भएको डेटा समेत राखेर थर्ड पार्टीले मिन भ्यालु निकाल्छ । मेरो रिजल्ट अरुसँग कत्तिको फरक आयो भन्ने कुरा समेत हेरेर गुणस्तरीयता कायम गरिन्छ । एक्सटर्नल र इन्टरनल क्वालिटी कन्ट्रोलपछि मात्रै ल्याब रिपोर्ट बिरामीको हातमा पुग्ने गर्छ । कुनै रिपोर्टमा केही अस्वाभाविक जस्तो देखियो भने त्यसको अलग्गै म्यानुअल जाँच हुने गरेको छ । मेसिनले दिएको भ्यालु हरदम चेक भइरहन्छ । यसकारण समेत हामीले लामो समयदेखि लगातार गुणस्तर पूर्ण रुपमा कायम गराउने कार्यमा सफलता पाइरहेका छौँ ।

ल्याबमा नमूना परीक्षणको लागि कस्ता उपकरणहरू प्रयोगमा छन् ?

– विराटनगरको विराट इन्टरनेशनल डाइग्नोष्टिक ल्याबमा नमूना परीक्षणका लागि प्रयोग हुने सबै उपकरणहरु अन्तर्राष्ट्रिय स्तरका रहेका छन् । मेसिन ल्याउनेबित्तिकै त्यसलाई चलाएर त्यहाँबाट आउने रिपोर्ट बिरामीलाई दिइन्न । मसिनलाई समेत केही दिनसम्म ट्रायलमा राखेर हेरिन्छ । केही प्यारामिटर्सहरु पूरा गरिन्छ र हामी ढुक्क भएपछि मात्र त्यसलाई पूर्ण सञ्चालनमा ल्याई रिपोर्टहरु बनाउन थाल्छौँ । क्वालिटी कन्ट्रोलका प्यारामिटरहरु पास नभएसम्म हामी रिपोर्ट नै दिँदैनौँ । प्याथोलोजीको सम्पूर्ण सेवाहरु छन् । गुणस्तरीय सेवा दिने अल्ट्रासाउण्ड र इको, रहेको छ । ब्रेस्ट क्यान्सर पत्ता लगाउने म्यामोग्राफी पनि यहाँ रहेको छ । त्यसको लागि हामीले नयाँ मेसिन ल्याएको छ । ६४ स्लाइस सिटी स्क्यान, १.५ टेस्लाको एमआरआइ, डिजिटल ए–क्सरे रहेको छ । ओपीजि र सेफ्लोमेट्रि उपकरण पनि आएको छ । यस्तै इसिजी, इइजी, इन्डोस्कोपी, कोलोनोस्कोपी, टिएमटी, एफएनएसीलगायतका उपकरणहरुबाट सेवा प्रदान गरिदै आएको छ । बोनडेनसिटी मेसिन पनि ल्याउने तयारी गरिएको छ ।

सेम्पल कलेक्सन सेन्टर स्थापना गर्नुभयो । कहाँसम्म विस्तार गर्ने योजनामा हुनुहुन्छ ?

– विरामीलाई स्थानीयस्तरमा घरमै बसेर विराट नर्सिङ होमभित्रको ल्याब सेवा दिने उद्देश्यले रगत संकलन केन्द्र स्थापना भएको हो । अहिले सुनसरीको इनरुवामा रगत संकलन केन्द्र स्थापना भएको छ । विस्तारै सुनसरीको इटहरी, धरान, झापा र सप्तरीहुँदै कोशी प्रदेशभरी विस्तार गर्ने योजना रहेको छ ।

विराट इन्टरनेशनल डाइग्नोष्टिक ल्याबले आधिकारिक रूपमा संकलन केन्द्रहरू स्थापना गर्दछ । स्थापना गरेको केन्द्रहरूमा विरामीले रगत दिएपछि त्यो स्याम्पल कलेक्सन विराटमा आइपुग्छ । यहाँ परीक्षण गरेपछि रिपोर्ट संकलन केन्द्रमा पनि जान्छ । बिरामीको सहजताको लागि हामीले रिपोट वाटसप र अनलाइनमा पनि राख्ने गरेका छौँ ।

संकलन केन्द्रसम्म आउन नसक्ने विरामीको लागि स्वास्थ्यकर्मी परिचालन गरेर घरमा पुगेर पनि स्याम्पल संकलन गर्ने गरिएको छ ।
विराट नर्सिङ होमको तीन किलोमिटर वरीपरि सेम्पल कलेक्सन घरमै पुगेर दिने गरेका छौं ।

आइतबार, २८ साउन, २०८०, बिहानको ०७:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर