इटहरी । सुनसरीमा आफ्नै छोरीलाई विष खुवाएर हत्या प्रयास गर्ने गर्ने बाबु पक्राउ परेका छन् ।

सुनसरीको बर्जू गाउँपालिका २ का अर्जुन कामत आफ्नै छोरीलाई विष खुवाएको आरोपमा उनकै बाबु बुधबार पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय दुहबीका प्रमुख प्रहरी निरीक्षक बुद्धिकुमार चौलागाँईका अनुसार २० वर्षीय छोरी राधिका कामतलाई बाबुले विष खुवाएका थिए । उनको कोशी अस्पताल विराटनगरमा उपचार भइहरेको प्रहरीले जनाएको छ। जबरजस्ती विषादी खुवाएपछि बेहोस रहेकी राधिकालाई स्थानीयले उपचारको लागि अस्पताल लगेका थिए ।

मादक पदार्थ सेवन गरी बाबु अर्जुनले छोरीलाई जबरजस्ती तरकारी बालीमा प्रयोग हुने विषादी खुवाएको प्रहरीको भनाइ छ । स्थानीयका अनुसार घरमा कुटपिट हुने डरले राधिका साथीको घरमा जाने गरेकी थिइन् ।

विवाह गर्ने उमेर भएकी छोरी अर्काको घरमा बसेर आफ्नो बेइज्जत भएको भन्दै अर्जुनले विष खुवाएको बताइएको छ ।