विराटनगर । पाँचथरको मिक्लाजुङ गाँउपालिका ७,लेखगाउँमा घरमा आगलागी हुँदा महिलाको मृत्यु भएको छ ।
आगलागीमा परी ५५ वर्षीय सरिता राईको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
बुधबार बिहान खरको छानो भएको भान्साघरमा आगलागी भएको थियो ।
आगलागी कसरी भयो भन्नेबारे खुल्न सकेको छैन र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाले बताए ।

