विराटनगर । कोशी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । विश्व आदिवासी तथा जनजाति दिवसको उपलक्ष्यमा प्रदेशभर बिदा दिएको हो ।
अगष्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको मान्यता दिएको भन्दै प्रदेशका आदिवासीको भावनालाई सम्बोधन गरेर बिदा दिएको प्रदेश सरकारले जनाएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशित गरेरै बिदाको जानकारी दिएको हो । संघीय सरकारले दिएको विदामा प्रदेशले केहि विदा थप गर्नसक्ने व्यवस्थाअनुसार बुधबार विदा दिइएको हो ।
प्रदेश सरकारले दिएको विदा संघीय सरकार मातहतका निकायहरुमा पनि लागू हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

