विराटनगर । सप्तरी छिन्नमस्ता गाउँपालिका वडा न. ३ गोविन्दपुर निवासी क्यान्सर पीडित फुलोदेवी मुखियाको उपचारमा सहयोग जुटाउन एक जना युवा इन्जिनियरले अभियान चलाएका छन् ।

आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समे समस्या भएपछि इन्जिनियर राहुल कुमार शर्माको अगुवाइमा अभियान शुरु गरिएको हो । मुखियाका श्रीमान विद्यालाललले आफूहरुको आर्थिक अवस्था कमजोर भएकोले थप उपचारमा कठिानइ भएको बताउँदै भने,“ बी.पी.कोईराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा उपचार गराई रहेका छौं तर हामीसँग पर्याप्त रकम नहुँदा समस्या भएको छ ।” मुखियाले युवा इन्जिनियर राहुलले विभिन्न व्यक्तिहरुसँग आर्थिक सकयोग संकलन गरेर सहयोग पुर्याएको सुनाए ।

राहुलले भने,“उहाँको आर्थिक अवस्था निकै नै कमजोर रहेछ । मैले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेपछि जुट्न थाल्यो त्यसबाट उहाँको उपचारमा थोरै भएपनि मद्दत मिलेको छ ।” छिन्नमस्ता गाउँपालिका निवासी ई. शर्माले आफूले सानो पहलकद्मी लिँदा सहयोग जुट्ने क्रम बढेको बताए ।

इन्जिनियर राहुलले यस अभियानमा सहयोग पुर्याउने सबै दाताहरुलाई धन्यवाद दिएका छन् ।