पार्टी सुदृढीकरणका लागि प्रचण्ड र नारायणकाजी सातै प्रदेशका ७ वटा वडामा पुग्ने

विराटनगर । नेकपा माओवादी केन्द्रले पार्टी सुदृढीकरणका लागि विशेष अभियान सञ्चालन गर्ने भएको छ । माओवादीले भदौ १६ गतृ अभियान संचालन गर्ने भएके हो ।

सरकारका कामको प्रचार र पार्टी सुदृढीकरणका लागि अभियान सञ्चालन गर्ने भएको हो ।

‘जनतासँग माओवादी’ नाम दिइएको अभियानमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी हुने भएका छन् । केन्द्रीय कमिटीको आइतवारको बैठकमा प्रचण्डले सातवटै प्रदेशका वडामा हुने अभियानमा सहभागी हुने बताएका हुन् ।

अभियानका लागि ७ वटै प्रदेशमा इन्चार्ज तोकिएको छ ।

आइतबार, २१ साउन, २०८०, दिउँसोको ०४:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर