काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले शक्तिमा पुगेपछि मानिस भूप शेरचनले लेखेको कविता ‘घुम्ने मेच माथि अन्धो मान्छे’ जस्तो हुने बताएका छन् ।
आइतबार काठमाडौँमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै मन्त्री किराँतीले टाउको दुखेको औषधि नाइटोमा लगाउने दलहरूको प्रवृत्ति उस्तै रहेको बताए ।
उनले भने ‘ टाउको दुखेको औषधि नाइटोमा लगाई रहेका छन् त्यसैले जुनसुकै पार्टी जुन सुकै व्यक्ति कुर्सीमा पुगेपछि भूपी शेरचनको कविता जस्तै मान्छे घुम्ने कुर्सी माथि बसिहरेको हुन्छ,अन्धो मान्छे जस्तो हुन्छ । ’
मन्त्री किराँतीले आम जनतालाई सहभागी गराएर चलाएको अभियान मात्र सफल हुने बताएका छन् । समाजवादमा कोही सानो ठुलो नहुने र यस्ता खालको बहस नेपाली समाजमा ओझेलमा परेको उनको भनाइ छ ।