काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।
बिहीबार माओवादीको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सुन प्रकरणमा आफू संलग्न नभएको भन्दै राजनीतिक प्रभाव रहेको जिकिर गरे ।
उनले भने, ‘सुन प्रकरणमा मेरो नाम आएको विषयमा मैले विज्ञप्ति निकाली सकेको छु । स्ट्याटस पनि लेखेको छु । मेरो कुनै संलग्नता छैन । राजनीतिक प्रभाव देखिन्छ।’

