सुन प्रकरणमा नेकपा एसको धारणा : सरकार अनुसन्धान सही बाटोमा

काठमाडौँ । सत्ता गठबन्धन दल एकीकृत समाजवादी पार्टीले क्विन्टल सुन प्रकरणमा सरकारी कदम सकारात्मक रहेको ठहर गरेको छ ।

सो पार्टीको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले, सरकारको एउटा अङ्ग कमजोर देखिए पनि अर्को अङ्गले तत्काल कारबाही थालेको भन्दै सुरुवाती गतिविधि सकारात्मक रहेको बताए । तर बाहिर उठेका प्रश्नहरूको जवाफ थप अनुसन्धान र कारबाहीबाट दिनु पर्ने उनको भनाई छ ।

‘सुन काण्डकै सवालमा हेर्ने हो भने पनि सरकारको एउटा अङ्ग कमजोर भएको देखियो अर्को अङ्गले त्यसलाई तत्काल कारबाही गर्न सफल भएको देखियो । सरकारको यस्तो खालको गतिविधिलाई अध्ययन गर्ने अनुसन्धान गर्ने र नियन्त्रण गर्ने सबै अङ्गहरू उत्तिकै सूत दुरुस्त हुनु पर्छ ।’ उनले भने ।

आम नागरिकले चाहे जस्तै भ्रष्टाचारी र तस्करी विरुद्ध राज्यले बलियो गरी खुट्टा टेक्नु पर्ने उनको भनाई छ ।

‘शङ्का पनि गरिरहेका छन् । सेटिङ बिग्रेर पक्राउ परेको हो भित्रबाट सेटिङ मिलेकोले यो बाहिर आयो । भन्ने थियो तर हामी र हाम्रो पार्टी यस्तो कुनै खालको भ्रष्टाचारी जन्य र तस्करीजन्य गतिविधिलाई पूर्ण रूपले नियन्त्रण गर्न सक्ने गरी राज्य उभिएर भूमिका निर्वाह गर्नु पर्छ । ’

बुधबार, १० साउन, २०८०, साँझको ०५:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर